धरान: सुख्खा मौषम शुरु भएसँगै खानेपानीको चरम अभाव झेल्नु परेपछि धरान १५ का केही स्थानीयहरुले उपमेयर मञ्जु भण्डारी सुवेदीको घरमै डेलिगेशन गएका छन् ।

धारामा पानी नआएको भन्दै सयपत्री मार्ग, मदन आश्रित मार्गलगायतका स्थानीयले उपमेयर भण्डारीको घरमा पानीको माग गर्दै डेलिगेशन गएका हुन् । स्थानीयका अनुसार लामो समयदेखि यी दुवै मार्गका घरमा धारामा पानी आएको छैन । संस्थान र आइयुडिपीमा पानी नआएकोबारे उजुरी गरेपनि समाधान नभएको स्थानीयको भनाई छ ।

स्थानीयले मौखिकरुपमा उपमेयर भण्डारीसँग गुनासो पोख्न आएको र समस्या समाधान नभए आन्दोलन गर्ने बताएक छन् । उपमेयर भण्डारीले सम्बन्धित निकायमा समस्या समाधान गर्न निर्देशन दिइसकेको बताइन् ।