धरान: नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद धरानले धरान उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।
महासंघले लकडाउन पीडित विपन्न परिवारको लागि स्थापना भएको फुड बैंकको लागि मंगलबार ७६० किलो चामल प्रदान गरेको हो । उपमहानगरका मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी उक्त परिमाणको चामल महासंघले हस्तान्तरण गरेको थियो । महासंघका धरान अध्यक्ष सुबास हुक्पा चोङ्वाङ्को नेतृत्वमा गएको टोलिले उक्त चामल हस्तान्तरण गरेको थियो ।
अध्यक्ष चोङ्बाङ्ले यो पहिलो चरणको सहयोग भएको उल्लेख गर्दै लकडाउन थप लम्बिएर आवश्यक भएमा थप सहयोग गर्ने प्रतिवद्धत जनाए । धरानमा हाल नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकरण रहेका जाती मध्ये १३ वटा जातिहरु छन्। प्रत्येक जातिबाट पचास किलो चामलको दरले आदिवासी जनजाति नगर महिला महासंघ र नगर महासंघ १५ बोरा चामल उपलब्ध गराएको जनाइएको छ ।