सुनसरी: ईटहरी उपमहानगरपालिका ८ गैसारस्थित नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको छ ।
बुधवार उक्त स्थानमा भर्खरै जन्माएर फालेको जस्तो देखीने स्त्री जातको नवजात शिशु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले सूचना दिएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले शव परिक्षणको लागी वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।