धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पदभार ग्रहण गरेका छन् ।

आज बिहान उनले पदभार ग्रहण गरेका हुन् । उनलाई स्वागत गर्न प्रतिष्ठानका रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलगायत पदाधिकारी एवं केही संख्यामा उच्च तहका कर्मचारीहरु उपस्थित थिए । डा.गिरीले सबैको सद्भावबाट मात्र काम गर्न सक्ने बताउदै सहयोग गर्न आग्रह गरे । उनले टिम वर्कबाट मात्र सफलता मिल्ने पनि बताए ।

bp-vc1

उनले बोलेर भन्दा पनि काम गरेर देखाउनुपर्ने धारणा पनि राखे । ‘कामले परिणामले सबै थोक हुन्छ । म यो संस्थामा लगानी मेरो पनि छ । सिनेट सदस्य भएर पनि काम गरेको छुँ,’उनले भने,‘हृदयदेखि सम्बन्ध छ, त्यसैले सरकारले मलाई पठाएका हो । पुर्वक्षेत्रमा प्राक्टिस गरेको सरकारी क्षेत्रमा जिम्मेवारी वहन गरेको ३५ बर्ष भयो ।’

फोटो, भिडियो: भरतराज शर्मा(गोपाल)