धरान: नगरबासीबाट प्रत्यक्ष गुनासो सुन्न वा राय, सुझाव लिनको लागि धरान उपमहानगरपालिकाले जनतासँग मेयर कार्यक्रम आयोजना गर्ने भएको छ ।
नगरबासीको गुनासो तथा राय, सुझाव लिनको लागि उपमहानगरपालिकाले २ वटा मोवाइल नम्बर पनि सार्वजनिक गरेको छ । जनतासँग मेयर कार्यक्रम दिउँसो १ बजेदेखि १ः३० बजेसम्म आयोजना हुनेछ । यसको लागि उपमहागनरले एउटा एनसेल र एउटा टेलिकमको नम्बर सर्वसाधारणहरुको लागि सार्वजनिक गरेको हो । उपमहानगरका अनुसार टेलिकम नम्बर ९८४२१४९००३ र एनसेल नम्बर ९८०५३०९२९३ नम्बर जनतासँग मेयर कार्यक्रमको लागि हो । यो कार्यक्रम हरेक दिन दिउँसो आधा घण्टा आयोजना हुने बताइएको छ ।