इटहरीः इटहरीमा लकडाउनकै बीच रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

बिरामीलाई जुनसुकै बेला आवश्यक पर्ने रगतको अभाव हुन नदिन इटहरी रेडक्रसले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । इटहरी उपमहानगरपालिका प्राङगणमा भएको रक्तदानमा १ सय २२ पिन्ट रगत संकलन भएको छ । इटहरी उपशाखाका सभापती विमल पौडेलले संकटको घडिमा कसैको ज्यान जोखिम नहोस् भन्नका लागि कार्यक्रम राखिएको जानकारी दिए ।

रक्तदान कार्यक्रम इटहरी क्षेत्रका सामाजिका अभियन्ता, विभिन्न सँघ सँस्थामा आवद्ध व्यक्तिहरुले उत्साहका साथ रगत प्रदान गरेका थिए । ‘विपतको समयमा पनि रगत दिन पाइयो,’एक सय भन्दा बढि पटक रगत दिइसकेका बाबुराम प्रधानले भने,‘रगत अभाव हुन नदिन अप्ठ्यारो परिस्थितिमा झनै रक्तदान कार्यक्रम गरिरहनुुपर्छ ।’ लकडाउन लम्बिदै गए र अस्पतालहरुमा रगतको अभाव भए विभिन्न स्थानमा पुुगेर रेडक्रसले थप रक्तदान कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ ।