धरान: आज देशभर एकसाथ राष्ट्रिय गान गुञ्जिएको छ । देशको विभिन्न ठाउँसँगै धरान ११ स्थित सगरमाथा टोलमा पनि राष्ट्रिय गान गुञ्जियो ।
डिभाइन युथ क्लबको संयोजनमा स्थानीय सगरमाथा टोलका बासिन्दाहरुले एकसाथ राष्ट्रिय गान गाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफेनो स्वार्थमा भन्दा माथि उठेर मानव सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोरोना विरुद्धको लडाईमा रहेकाहरुको सम्मानको लागि बिहान राष्ट्रिय गान गाउन आह्वान गरेका थिए । सोही आह्वान अनुसार देशभर आज बिहान ८ बजे राष्ट्रिय गान गाइएको हो ।