धरान: धरानमा ज्वलर्स फोडेर गहना चोरी गर्ने दुई युवा पक्राउ परेका छन् । उनीहरुको साथबाट लागुऔषध पनि वरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा धरान १७ वगान टोलका २९ बर्षीय दनी राई र धरान ११ सृर्जना चोकमा १९ बर्षीय हिमाल राई रहेका छन् । उनीहरुले शनिबार राती धरान ११ स्थित सपना ज्वलर्सको ढोका फुटाएर चादीको गहना चोरी गरेको उजुरी प्रहरीमा आएको थियो । उनीहरुले करिब १ लाख ४० हजार बराबर मुल्यको चाँदीको गरगहनाहरु चोरी गरेको बताइएको छ ।
घटनाबारे सुचना पाएपछि प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको चाँदीको गरगहना र लागुऔषधसहित दुवैलाई पक्राउ गर्न सफल भएको थियो ।
उनीहरुको साथबाट खैरो हिरोइन ५०० / ५०० मिलिग्राम पनि भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । दुवैलाई जिल्ला अदालत सुनसरीबाट चोरी तथा लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको पनि उनले बताए ।