खोटाङ: खोटाङको बाह्रपोखरी गाउँपालिका १ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ ।

हिजो सोमवार दिउँसो १ बजे मेनुका राईले आफ्नो श्रीमान ५० बर्षीय कुमार राईलाई एक्कासी खुकुरी प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर श्रीमति मेनुकालाई पक्राउ गरेको छ भने कानूनी प्रकृया पुरा गरी मृतकको शव परिक्षणको जिल्ला अस्पताल गाईघाट पठाएको प्रहरीले जनाएको छ । अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।