सुनसरी: सुनसरीको बर्जु गाउँपालिका ५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरीरमा आगो लगाएकी छिन् ।
आफैले शरीरमा आगो लगाउदा उनी गम्भीर घाईते भएकी छन् । मंगलवार राती साँढे ११ बजे सामान्य घरायस विवाद हुँदा आवेशमा आएर आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् । घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ ।