इटहरी: इटहरी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षको मृत्यु भएको छ ।
विरामी भएर उपचाररत अध्यक्ष बिष्णुलाल चौधरीको मृत्यु भएको हो । उनको विगत एक बर्षदेखि क्यान्सरको आशंकामा उपचार भइरहेको थियो । भारतमा उपचार पश्चान उनको नोबेल हस्पिटालमा पनि उपचार भइरहेको थियो । नेपाली काग्रेसबाट वडाअध्यक्ष जितेका चौधरीको आज अन्त्येष्टी गरिने बताइएको छ । उनको श्रीमति, २ छोरी र एक छोरा छन् ।