धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार धरानमा रक्तदान कार्यक्रम भएको छ ।

संघको हलमा आयोजित रक्तदानमा २ सय ६५ पिन्ट रगत संकलन भएको कार्यक्रमको संयोजक प्रभाव खतिवडाले जानकारी दिए । वीपी प्रतिष्ठानस्थित रक्त सञ्चार केन्द्रमा रगत अभाव भएकोले संघको आह्वानमा वृहत रक्तदान कार्यक्रम भएको उनले बताए । लकडाउन समय थपिदा सार्वजनिक कार्यक्रमहरु हुन नसकेकोले वीपी प्रतिष्ठानमा रगतको अभाव छ । यसअघि संघले नै स्वेच्छिक रक्तदानको आह्वान गर्दै इच्छुकहरुलाई ब्लड बैंकसम्म पुर्याउने व्यवस्थासमेत गरेको थियो ।

blood-donation 1

लकडाउनको समय भएपनि मानवीय सेवाको कार्य भएकोले प्रहरी प्रशासनले सहयोग गरेको अध्यक्ष गिरीधारी सापकोटाले जानकारी दिए । रक्तदान कार्यक्रममा नजिका वडाका व्यक्तिहरुले रक्तदान गरेको पनि उनले बताए । “रेडक्रसको ब्लड बैंकमा रगतको कमी आयो भन्ने आएपछि रक्तदान कार्यक्रम गरिएको हो । रगत अभाव नहोस् भनेर नै हो,”उनले भने,‘इच्छुकहरुलाई घरबाट ल्याउने र पुर्याउने पनि गर्यौं ।’