धरान(डेस्क): प्रहरीले झापा र खोटाङबाट गाई, गोरु काटेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाबाट गाई काटेको आरोपमा २ जना समातिएका छन् भने खोटाङमा गोरु काटेको आरोपमा ७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाको दमक बेलडागी २ सिबिरस्थित एक घरमा गाई काटिरेहको अवस्थामा २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेलडागी २ हट नम्बर २९५ सेक्टर नम्बर ए को २६ बर्षीय सुनिल गुरुङ र बेलडागी २ हट नम्बर २०८ सेक्टर नम्बर ए ३ को ३२ बर्षीय खगिन्द्र दुलाल रहेका छन् ।

उनीहरुलाई हिजो बेलुका सवा ८ बजे गाई काटिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । घटनाबारे स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरी टोलीले दुवै जनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरि, खोटाङ हलेसी तुवाचुङ ५ मयांखुबाट गोरू काटिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश बाहदुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की, अमृत सार्की, सिता सार्की र लिला बहादुर खड्का रहेका छन् । हिजो साँझ ६ बजे स्थानीयले सुचना दिएपछि प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।