धरान ः धरान उपमहानगरपालिकाको २० नम्बर वडा कार्यालयले लकडाउनको २३ औ दिन आफ्नो वडावासीलाई दास्रो चरणको राहत वितरण गरेको छ ।
यसअघि अतिविपन्न दुई सय घर परिवारलाई राहत वितरण गरिसकेको वडाले विहिवार एक सय घर परिवारलाई राहत वितरण गरेको हो । दोस्रोे चरणमा २० न. वडाका स्वारा, दशकट्ठे, ज्यामिरे, अधेरी र भालढ्ङ्गाका वासिन्दालाई राहत वितरण गरिएको २० न. वडाध्यक्ष मणिकुमार राईले जानकारी दिए । वडाले १० केजी चामल, ४ केजी आलु, १ लिटर तेल, एक केजी नुन, दाल र एक थान सावुन राहत उपलव्ध गराएको पनि उनले जानकारी दिए ।
उपमहानगरपालिका निर्माण व्यवसायी संघ अध्यक्ष दिवस राईले २० न. वडा समितिलाई सेनिटाइजर, मास्क, ग्लव्स र हेड क्याप उपलव्ध गराएको छ । उनले २० नं वडा कार्यालयले कार्यलमा खटिने कर्मचारी र वडावासीका लागि भनेर दुई सय थान मास्क, ३ सय थान ग्लव्स, ७२ थान सेनिटाइजर र ७० थान हेड क्याप प्रदान गरेका थिए । राईवाट प्राप्त स्वास्थ्य सामग्री विहिवार राहतसंगै वडावासिलाई वितरण गरिएको वडाध्यक्ष राइले जनाए । तेस्रो चरणमा वडाका वन्दुके, वाघखोप, सालवोटे, तामाखाप, टोड्के, कार्कीछाप, खैरे, वाक्शिला र विष्णुपाउ मन्दिर एरियाका वासिन्दालाई राहत वितरण गरिने वडा समितिले जनाएको छ ।