विराटनगरः प्रदेश एकले सीमा सुरक्षालाई कडाइ गर्न नेपाल प्रहरी र सशस्त्रका ३ सय पोस्ट बढाएको छ ।

सरकारले भारतसँग सिमा जोडिएको सुनसरी, मोरङ, झापा र इलामको नाकामा विशेष निगरानी बढाएको हो । प्रदेश एक सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कार्कीले सशस्त्र र नेपाल प्रहरीका ४ हजार सुरक्षाकर्मीलाई सीमा सुरक्षामा थप गरिएको जानकारी दिएका छन् । ‘सीमानको सुरक्षा संवेदनशीलताका बारेमा हामी गम्भिर छौँ,’उनले भने,‘भारतसँगको खुल्ला सीमानाले गर्दा खुलेआम हुने आवतजावत रोक्न चौबीसै घण्टा सुरक्षाकर्मीको निगरानी बढाइएको हो ।’

प्रदेश सरकारले नाकासँग जोडिएका स्थानीय तहका जनप्रतिनिधिसँग निरन्तर समन्वय गरिरहेको हुँदा नाकाबाट आउने संक्रमणको जोखिमलाई कम गर्न सबै उपाय अपनाएको उनको भनाई छ । मन्त्री कार्कीले भोली भयावह स्थिति आइपरे त्यसको सामना गर्न प्रदेशले सम्पुुर्ण तयारी थोलेको र सीमा क्षेत्रका स्थानीय तहलाई उच्च सतर्कताका लागि निर्देशन भइसकेको पनि बताए । ‘सीमाना क्षेउका जनप्रतिनिधिलाई उच्च सतर्कता राख्दै भोली आइपर्न सक्ने सम्भाव्य जोखिम सामना गर्न सम्पुुर्ण तयारी गर्न भनेका छौँ,’उनले भने । प्रदेश एकमा भारतसँग जोडिएको करिव ३ सय २२ किलोमिटर क्षेत्रमा प्रहरीको उच्चसर्कता रहेको छ । यो इलाम, झापा, मोरङ्ग र सुनसरीको क्षेत्र हो ।