ईलाम: सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबारे अफवाह फैलाएको अभियोगमा ईलाममा एक युवा पक्राउ परेका छन् ।

फाकफोकथुम गाउँपालिका ७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई प्रहरीले शनिवार बिहान सवा ८ बजे पक्राउ गरेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएके छ । लिम्बुले आफ्नो फेसबुक स्टाटसमा ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भनि तथ्यहिन र भ्रामक प्रचार गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले अफवाह फैलाएर जनमानसमा डर त्रास फैलाउने काम गरेको पाईएकोले जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।