तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका स्थित दुई बालक खोलाको दहमा मृत भेटिएका छन् ।

वडा नं २ का स्थानीय १० बर्षीय सरोज बिक र १० बर्षीया ऐलिना बिक तेलिया खोलाको दहमा मृत फेला परेका हुन् । शनिवार दिउँसो दुवै जना छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न गएका थिए । दुवै पौडी खेल्ने क्रममा बेपत्ता भएको खबर प्रहरीलाई पुगेका थियो ।

खबर आएसँगै प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजी गर्ने क्रममा आज बिहान साढे ११ बजे दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको र आवश्यक कानूनी प्रकृया एवं थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।