धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङको क्रममा आज प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार तिनै जना पुरुषमा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामा २४ बर्षीय, ६० बर्षीय र ७२ बर्षीय पुरुष भएको उनले बताए । तर, उनीहरु कहाँका हुन् भन्ने खुलाएनन् । तीन जना क्वारेन्टाइनमा रहेको र अस्पताल ल्याउने तयारी भइरहेको पनि देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ । हिजो वीपीमा गरिएको क्रसचेक परीक्षणमा पनि ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।आजै २ जना संक्रमित निको भएर डिस्चार्ज हुने क्रममा रहेको पनि डा.देवकोटाले जानकारी दिए । योसँगै निको हुनेको खुल संख्या ७ जना पुगेको छ ।