धरान: नेपाल बसोबास बस्ती संरक्षण समाजले धरान उपमहानगरपालिको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।
कोरोना संक्रमणका कारण लकडाउनको अवस्थामा रहेका दैनिक ज्यालादारीमा काम गर्ने, मजदुर तथा अति विपन्नहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको समाजले जनाएको छ । समाजले ७ सय ५० केजी चामल फुड बैंकमा सहयोग गरेको छ भने २ सय ५० केजी चामल १ नम्बर वडा कार्यालयलाई सहयोग गरेको छ । शुक्रबार धरान ८ स्थित सभागृहमा समाजका महासचिव कुमार कार्कीले उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई फुड बैंकको लागि खाद्यान्न हस्तान्तरण गरेका थिए ।
धरानका गरिब, सुकुम्बासरीहरुले राहत पाउन भनेर उपमहानगरपालिकालाई चामल प्रदान गरिएको समाजका महासचिव कार्कीले बताए । धरानका धेरै सुकुम्बासीहरुले राहत पाउन नसकेको अवस्था रहेको कार्कीले गुनासो गरेको छ । राहत पाउन छुटेकाहरुको नामावली संकलन गरेर सम्बन्धी वडासँग समन्वय गरेर जाने उनको भनाई थियो ।