काठमाडौँ: लकडाउनसँगै बन्द भएको हवाई उडान जेठ २ गतेसम्म लम्बिएको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने सिफारिश गरेको हो । समितिले आन्तरिक र बाह्य दुवै उडान रोक्न सिफारिश गरेको हो । यस्तै, लकडाउनबारे ठोस निर्णय लिन नसके पनि समितिले तत्काल लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको बताइएको छ । समितिको यो निष्कर्षसँगै लकडाउनको अवधि थपिने अनुमान छ ।
मुलुक कोरोना संक्रमणबाट मुक्त भइनसकेको समितिको निष्कर्ष छ । तर, बैठकले जारी राख्ने कि नराख्ने भन्ने ठोस निष्कर्ष भने निकालेको छैन । वैशाख १५ गते लकडाउनको अवधि सकिनेछ । भोली आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिनेछ ।