काठमाण्डौं ः नेपालमा लकडाउन एक साता बढाउन कार्यदलले सिफारिश गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले कोरोना संक्रमणको जोखिम अझै रहेकोले एक साता लम्ब्याउन सिफारिश गरेको हो । कार्यदलको यो सिफारिशलाई आइतबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेपछि लागु हुनेछ ।
यसअघि थप भएको लकडाउनको समय सोमबार बैशाख १५ गते सकिदैछ । मन्त्रिपरिषदले कार्यदलको सिफारिश अनुमोदन गरे थप ७ दिन लकडाउन लम्बिनेछ । यसअघि उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ २ गतेसम्मलाई बन्द गर्ने सिफारिश गरेको थियो ।