धरान: झापा जिल्लामा थप एक व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ ।

कोशी अञ्चल अस्पताल विराटनगरमा भएको पिसिआर परीक्षणमा ५० बर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत उनी अस्पतालको सम्पर्कमा रहेको जानकारी दिएका छन् । आजै दिउँसो विरगञ्जमा पनि २ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या कुल ५२ पुगेको छ । ती मध्ये ३१ जना प्रदेश एकमा भेटिएका छन् । प्रदेश एकमा पनि २८ जना उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा भेटिएका हुन् भने झापामा २ जना र एक जना भोजपुरका हुन् । देशभरका संक्रमित भएका मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।