इटहरी ः इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा नेपालसहित तीन देशका ८१ जना रहेका छन् ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार क्वारेन्टाइनमा ६० जना भारतीय, ७ जना पाकिस्तानी र १४ जना नेपाली नागरिक छन् । त्यहाँ ७८ जना पुरुष र ३ जना महिला छन् । क्वारेण्टाइनमा रहेका सबै जनाको अवस्था सामान्य छ । त्यहाँ जनता क्याम्पसको क्यारेण्टाइन सय जना क्षमताको छ ।

यसैबीच, इटहरीबाटै स्वाब संकलन थालिएको छ । हिजो क्वारेन्टाइनमा रहेका २० जनाको स्वाब परीक्षणको नमुना लिएर कोशी अस्पताल विराटनगरमा पठाइएको छ । आज वेलुकासम्ममा पिसिआर रिपोर्ट आइसक्ने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले जानकारी दिए ।