धरान: राती आएको हावाहारीले धरान १४, विजयपुरस्थित गणेश चोकमा बाँसले बनेको ४ तले घर भत्किएको छ ।
पिण्डेश्वर विद्यापिठ नजिकैको गणेश चोकमा स्थानीय बासुदेव भट्टराईले बनाएको ४ तले घर रातीको हावाहुरीले भत्काएको हो । अहिले उक्त क्षेत्रमा विजुली अफिसले लाइन काटिदिएको छ । उपप्रमुख मञ्जु भण्डारी सुवेदीका अनुसार रातीको हावाहुरीले घर भत्काएको हो । बाँसको ४ तले घर असुरक्षित हुने र बनाउन नमिल्ने भएपनि लकडाउनको मौकामा भट्टराईले घर ठड्याएका थिए ।
भत्किएको घर विजुलीको पोलले मात्र अडिएको छ । उक्त घरमा हिजो मात्र नगर प्रहरी अनुगमनमा गएको थियो । अनुगमनमा घर असुक्षित भएकोले भत्काउन निर्देशन दिइएको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । ‘अनुगमन गर्दा घर जोखिमपुर्ण देखिएकोले भत्काउन भनेका थियौं, आज राती हावाहुरीले नै भत्काएछ,’उनले भने । उक्त घरको बाँसहरु हटाउन लगाउने उनले बताए । मापदण्ड विपरीत र बाटोसँगै टासेर घर बनाएको पनि उनले बताए ।