विराटनगर: प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् । उनीहरुले क्वारेन्टाईनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्नेमा जोडदिएका थिए । १४ दिने क्वारेन्टाईन अवधि सकिन लागेको भन्दै जिसस प्रमुखहरुले आरडिटीको दायरा बढाउन माग गरेका हुन् । क्वारेन्टाईनमा बसेकाको संख्याको आधारमा किट पठाउन समन्वय समिति प्रमुखहरुले माग गरेका छन् ।
इलामका प्रमुख गणेश बरालले जिल्लामा आरडिटी किट अभाव भएको बताए । आरडिटी किट अभावका कारण क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण गर्न नपाएको उनले गुनासो गरे । इलाममा स्वास्थ्यकर्मी र औषधीको पनि अभाव भएको प्रमुख बरालको भनाई थियो । झापाका प्रमुख सोमनाथ पोर्तेलले आरडिटी किटको अभावमा परीक्षण गर्न नसकिएको बताए । झापामा भारत लगायतका विभिन्न देशहरुबाट ९ सय प्रवेश गरेको उनले बताए । बाहिरी देशबाट आएकाहरु अधिकांश होम क्वारेन्टाईनमा रहेकाले उनीहरुको आरडिटी अनिवार्य गर्नुपर्ने उनको भनाई थियो । आवश्यक किटको अभावमा परीक्षण हुन नसकेको उनले बताए । यस्तै, बोर्डरको सुरक्षामा कडाई गरिएको जिसस प्रमुख पोर्तेलले बताए ।
ते¥हथुमका प्रमुख शिव ढुंगानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरिएको बताए । क्वारेन्टाईनमा राख्न थालिएपछि बाहिरी जिल्लाबाट आउने घटेको उनले बताए । ते¥हथुममा ३ सय ७४ को आरडिटी गरिएको पनि उनले बताए । साथै, आरडिटी गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । सुनसरीका प्रमुख गोपालराज भण्डारीले जिल्लामा आरडिटी किटको अभाव भएकोले क्वारेन्टाईनमा राखेकाहरुको परीक्षण गर्न नसकिएको बताए । सीमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाईएको पनि उनले बताए । संखुवासभाका प्रमुख सुमन शाक्यले काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट जिल्ला प्रवेश गरेकाहरुलाई क्वारेन्टाईनमा राखिएको जानकारी दिदै जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएको बताए । ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले काठमाण्डौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुको अनिवार्य आरडिटी गर्ने गरिएको बताए ।
वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्छ: मन्त्री घिमिरे
सामाजिक विकास मन्त्री घिमिरले हरेक जिल्लालाई दोश्रो चरणमा ३ सय ६० का दरले किट पठाईसकिएको बताए । उनले प्रकोप भएका जिल्लामा आवश्यकताका आधारमा थप किट पठाईने जानकारी दिदै १४ वटै जिल्लाका स्वास्थ्यकर्मीलाई शंकास्पद व्यक्तिको स्वाव संकलन गर्ने सम्बन्धमा तालिम दिईएको पनि बताए । काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्नुपर्ने उनले बताए । मन्त्री घिमिरेले घडी हेरेर लकडाउन अंश अंशकारुपमा खोलिने बताउदै वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने बताए ।