धरान: लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठनले विहिवार राहत वितरण गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको हो । राहत स्वरुप उनीहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अतिविपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले बताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्यक्ष रेखा गुरुङ्गले जानकारी दिइन् ।
राहत वितरण संगै कार्यक्रममा उपस्थित सम्पुर्णको थर्मल गनद्धारा शरीरको तपक्रम समेत जाँच गरिएको थियो । जाँच गरिएका सम्पुर्णको शरीरको तापक्रम नर्मल देखाएको संगठनका सहसचिव मन्जु राईले बताइन् । लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई संगठनले विभिन्न सहयोगि संस्थाहरु संग सहकार्य गर्दै राहत उपलव्ध गराउदै आइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर सगठन धरान उपमहानगर कमिटि अध्यक्ष कमल भट्टराईले जानकारी दिए । अहिलेसम्म धरान कमिटिले करिव चार सय जान मजदुर परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष भट्टराईले वताए ।
धरान ७ स्थित सन्ध्या इन होटलको हलमा राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा डिपो विद्यार्थी संगठन उपाध्यक्ष डा.केसव राई, सदस्य कविता लिम्वु, आशा राई, मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मि वानिया, प्रदेश १ उपाध्यक्ष रविन अधिकारी, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका सचिव शिसिर राई लगायतको उपस्थिति रहेको थियो ।