विराटनगर: प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ दि मन्थ) घोषित भएकी छन् ।

लगनशिल, कर्तव्यनिष्ट तथा उच्च मनोवलका साथ प्रहरी तालिम केन्द्रमा संचालित प्रहरी जवान आधारभुत तथा उन्नत तालिममा बाह्य प्रशिक्षकको रुपमा खटिएर प्रभावकारी प्रशिक्षण प्रदान गरेको एवं कुशल प्रशिक्षकको भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनलाई चैतको पुलिस अफ दि मन्थ घोषणा गरेको हो । प्रदेश प्रहरीले प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्न १ नम्बर प्रदेश भरीका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।