रोल्पा: जंगलमा वेवारिसे छोडिएको बम विष्फोट हुदा रोल्पामा चार जना बालबालिकाको मृत्यु भएको छ ।

विष्फोटमा निधन भएका बालबालिकाहरु गाईबाख्रा चराउन जंगल गएको पाइएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.७ का लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेका छन्।

गाई बाख्रा चराउन गएका बालबालिकाहरुले खेलौना ठानेर खेलाउन खोज्दा वम विष्फोट भएर एकैसाथ निधन भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता नवराज पोखरेलले जानकारी दिए । घटना साँझ ६ बजेतिर भएको हो । बेवारिसे अवस्थामा रहेको टुईञ्च मोटर बम चलाएपछि विष्फोट भएको बताइएको छ । मृतक बालबालिकाहरुको घटनास्थलमा नै मृत्यु भएको थियो ।