बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ ।

कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । बिपदमा यस्ता सामाजिक खालका कामहरु गरे भोलीका रिटायर्ड हुने सरकारी कर्मचारी मार्गदर्शन हुने भएकोले यस्तो कामको थालनी गरेको कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालले बताए । जागिरबाट रिटार्यड भएका पुर्ब सरकारी कर्मचारीहरुको छाता संगठनले नगद तथा चामल, दाल, तेल लगायतका दैनिक सामग्रीहरु एक द्धार प्रणालीबाट स्थानीय सरकारले वडा तहसम्म पुग्न सजिलो हुने भएकोले पनि महानगरपालिकालाई नै सानो राहतको प्याकेज उपलब्ध गराएको केन्द्रिय अध्यक्ष नेपालले बताए ।

महानगरबासीहरुबाट राहत एकद्धार प्रणालीबाट बितरण गर्न सके मात्र सबैको घर परिबारमा राहत पुग्न सक्ने साथै बिपन्न परिबारहरु भोकै बस्नु नपर्ने वाताबरण सृजना हुने मेयर भिम पराजुलीले बताए । ह्स्तानान्तर कार्यक्रममा उपमेयर इन्दिरा कार्की, वडा अध्यक्षहरु, यातयात कार्यालय इटहरीका प्रमुख बिन्दा नेपाल, जनप्रतिनिधीहरु तथा कर्मचारी समाजका पदाधिकारीहरुको समेत उपस्थिति थियो । कोरोनाबाट बच्न दुरी कायम गरी राहत समाग्री उपलब्ध गराएको थियो ।