धरान: धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङ राई र उनकी श्रीमति भुमिका मादेन चाम्लिङले आफ्नो १५ औं वैवाहिक बर्षगाठको अवसरमा राहत वितरण गरेका छन् ।
लकडाउनका कारण समस्यामा परेका अतिविपन्न मजदुर परिवारलाई राहत वितरण गरिएको थियो । श्रमिक दिवसको अवसर पारेर पाँच जना रिक्सा चालक र २३ जना यातायाात मजदुर गरी २८ जना मजदुर परिवारहरुलाई राई दम्पत्तिले शुक्रवार राहत वितरण गरेका हुन् । राहत स्वरुप उनीहरुलाई १० केजी चामल, दाल, नुन, तेल, आलु र प्याज प्रदान गरेको हो ।
धरान १७ निवासी राई दम्पत्ति हाल हाल हङकङमा छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान कमिटी र होप धरानको संयोजनमा उनीहरुलाई राहत वितरण गरिएको हो । धरान ७ स्थित सन्ध्या इन होटलको हलमा आयोजित राहत वितरण कार्यक्रममा यातायात मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराई, होप धरानका अध्यक्ष निश्चल पलिखे, मजदुर संगठनका केन्दिय सदस्य लक्ष्मी बाँनिया, मजदुर संगठन प्रदेश १ उपाध्यक्ष रविन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।