झापा: झापाको बुद्धशान्ति गाउँपालिका १ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो शनिवार बेलुका साँढे ७ बजे आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि एण्ड सी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।