संखुवासभा: संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् ।

शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा उनको र छिमेकीको परिवार विरामी भएका हुन् । प्रहरीका अनुसार सन्देश राईसहित उनको श्रीमति २४ बर्षीया मनिला राई, छोरी ३ बर्षीया सुपी राई विरामी भएका छन् भने उनको छिमेकी २५ बर्षीय दिनेश राई, श्रीमती २४ बर्षीया अनिता राई र ३ बर्षीया छोरी आकांक्षा राई बिरामी भएका छन् । बिरामी ६ जनाको नै जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।