धरान: धरान उपमहानगरपालिका वडा नं ११ स्थित सुनौलो मार्गमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

फुपुको घरमा सानैदेखि बस्दै आएका १८ बर्षीय सुदिप राईले झुण्डिएर आत्महत्या गरेका हुन् । उनले डोरीले कोठाभित्र पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको छ । घटनास्थलमा अहिले प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान गरिरहेको छ । ‘कोठाभित्र झुण्डिएर आत्महत्या गरेको भन्ने छ, प्रहरी टोली पुगेको छ । के कारण हो भन्ने विस्तारै खुल्छ,’इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने ।

वडा नं ११ का सदस्य किरण राईका अनुसार सुपिद झुण्डिएको कोठा डायनिङ रुम जस्तो पनि देखिन्छ । खाना खाने टेवल, सोफा र खाट पनि उक्त कोठमा छ । ‘प्रहरी आएर शवको मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ,’उनले भने । उनका अनुसार फुपु कल्पना राई दाउरा काट्न जंगल गएको बेला सुदिप झुण्डिएका थिए । कोठाको २ वटै ढोका भित्रबाट थुनेको अवस्थामा भेटिएको उनले बताए ।