झापा: झापाको कन्काई नगरपालिका—७ का ४० बर्षीय जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् ।
हिजो मंगलवार बेलुकाको खानासंगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जना विरामी भएका हुन् । खाना खाएको केही समयदेखि नै वान्ता हुन थाले पछि उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल पुर्याइएको थियो । हाल उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।