धरान: हङकङमा रहदै आएका धरानका युवाहरुले २ लाख बराबरको चामल फुड बैकमा सहयोग गरेका छन् ।
हङकङका युवाहरुले पठाएको २ लाख बराबरको ४ हजार केजी चालम बुधबार धरानका मेयर तिलक राईलाई हस्तान्तरण गरिएको छ । उक्त सहयोग हङकङबाट एनिस लिम्बु, द जंगल रेष्टुरेष्ट एण्ड बार र मेड्ली रेष्टुरेष्ट एण्ड बारले गरेको हो ।
उक्त चालम सभागृहस्थित फुड बैंकको भण्डारणमा हस्तान्तरण गरिएको थियो । चालम हङकङबाट आएका सुविन देवान र तरुण दलका नेता सन्तोष बिकले मेयर राईलाई हस्तान्तरण गरेका थिए । मेयर राईले दाताहरुप्रति आभार व्यक्त गर्दै विपन्न र मजदर परिवारहरुसम्म पुग्ने प्रतिवद्धता पनि जनाए । दुई चरणसम्म ३५ हजार परिवारलाई राहत वितरण गरेको उनले बताए ।