मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडेमा ६० बर्षीया सानुमाया लम्सालको ईनारमा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो साँढे १ बजे लम्साल आफ्नै घर अगाडी रहेको पानीको ईनारमा डुबेर मृत्यु भएको हो । घटनाबारे खबर आएपछि ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ