धरान: नेपालगञ्जमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् ।
आज भेरी अस्पतालमा भएको परीक्षणमा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार पोजेटिभ देखिएका व्यक्ति १६ बर्षीय पुरुष हुन् । यो संगै नेपालमा भेटिएका कोरोना संक्रमितको कुल संख्या पनि १ सय २ पुगेको छ । ती मध्ये ७४ जना पुरुष छन् भने २८ जना महिला छन् । डा.देवकोटाका अनुसार संक्रमितहरुमध्ये ३० जना डिस्चार्ज भएका छन् ।