सप्तरी: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय वेपत्ता भएका छन् ।
उनीहरु दुई सातादेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । पछिल्लो तीन दिनदेखि भारतीयहरु वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुसँगै ७२ जना भारतीयहरुलाई उक्त क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ भारतको विहार, पश्चिम बंगाल राज्य नागरिकहरु थिए । हनुमाननगर कंकालिनी नगरपालिकाले एक प्राथमिक विद्यालयको भवनमा उनीहरुलाई खानाको व्यवस्था गरेर राखिएको थियो । इलाका प्रहरी कार्यालय भारदहले सुरक्षाको जिम्मेवारी लिएको थियो ।
नेपालमा मजदुरी गर्दै आएकाहरु लकडाउनको कारण अलपत्र परेपछि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुले प्रदेश १ सरकारले आफ्नो प्रदेशमा आउन रोक लगाएको थियो । हराएकाहरुको जुत्ता, चप्पल, झोलालगायत सामानहरु कोठामा नै छन् । कोसी ब्यारेज प्रदेश नम्बर १ र २ को बोर्डर भए पनि कोसीमा रहेका सबै डुंगा स्थानीय तह र प्रहरीको नियन्त्रणमा भएकोले प्रदेश १ तर्फ उनीहरु प्रवेश गर्न नपाएको अनुमान छ । उनीहरु कुनै बस्तीमा गएर लुकेको हुन सक्ने अनुमान गरिएको छ ।