मोरङ: मोरङको बेलवारी नगरपालिका ९ का ३० बर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार अपरान्ह साँढे ४ बजे स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा धरानको वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा साँझ साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बनधमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।