धरान: ज्यान मार्ने उद्योगको घटनामा फरार रहेका २ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धरान ५ का १९ बर्षीय रुविन भुजेल र धरान १६ का १८ बर्षीय फुर्तेन्जि तामाङ रहेका छन् । ती मध्ये रुविन भुजेलले २०७५ चैत ७ गतेदेखि फरार रहेको प्रहरीले जनाएको छ । उनलाई हिजो करिब १ बजे धरान ५ बाट पक्राउ गरि ज्यान मार्ने उद्योग मुद्दामा थुनछेकको लागि जिल्ला अदालतमा उपस्थ्ति गराएको डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
यस्तै, ज्यान मार्ने उद्योगमा नै धरान १६ का फुर्तेन्जि तामाङलाई आज ११ बजे धरान ११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी २०७६ पुष ८ गतेदेखि फरारको सुचीमा थिए । उनलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।