इटहरी: इटहरी उपमहानगरपालिकामा लकडाउनकै बीच बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु भएको छ ।

उपमहानगरले विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग बजेट, नीति तथा कार्यक्रमबारे छलफल गरेको छ । महाशाखा तथा शाखा प्रमुखहरुसँग चालुआर्थिक बर्षमा भएको प्रगतिका बारेमा समिक्षा गरिएको नगरप्रमुख द्धारिकलाल चौधरीले बताए । छलफलमा महाशाखा तथा शाखा प्रमुखहरुले अहिले सम्मको प्रगति र बजेट कार्यान्वयनको अवस्था जानकारी गारएका थिए । वैशाख ३१ गते कार्यपालिकाको बैठक बसेर बाँकी अवधिमा कसरी प्रभावकारी ढंगले बजेट कार्यावन्न गर्ने, विकास निर्माणलाई अघि बढाउने भनेर निर्णय गरिने नगरप्रमुख चौधरीले बताए ।