धरान: सप्तरी जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाकेनेश्वरी नगरपालिका वडा न. ३ का १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनको स्वास्थ्य सामान्य रहेको छ भने स्वास्थ्यकर्मीको सम्पर्कमा पनि रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै आजै मात्र ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुमा १० जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो । देशभर कुल संक्रमितको संख्या भने १२१ पुगेको छ ।

pressko