सुनसरी: ईटहरी उप-महानगरपालिका १६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान ७ बजे घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको थियो । स्थानीयबासीले घटनाबारे जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय ईटहरीको टोली घटनास्थलमा पुगेको थियो । कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको ईटहरी प्रहरीले जनाएको छ ।