विराटनगर: गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोशी अस्पताललाई २ र कोभिड अस्पताललाई एक गरी ३ वटा ह्याण्ड वास पोइन्टसहित विभिन्न १२ प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख सिनियर एरिया वेल्फेयर अफिसर पुर्णप्रसाद लिम्वुले जानकारी दिए ।
प्रदेश १ का विभिन्न स्थानीय तह लगायतका स्थानमा गोर्खा वेलफेयरले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा ह्याण्ड वास पोइन्ट निर्माणको कामपनि गर्दै आएको उनले बताए । डिएफआईडीको आर्थिक सहयोगमा वितरण गरिएको विभिन्न स्वास्थ्य सामाग्री ग्रहण गर्दै कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा.संगीता मिश्राले अस्पतालमा ह्याण्ड वास पोइन्टको महत्वपूण भूमिका हुने बताइन् ।स्वास्थ्य सामाग्री वितरणमा वेलफेयर ट्रष्टका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।