धरान: लक्ष्मी बैंकको धरान शाखाले ट्राफिक प्रहरी र तीन वटा वडा कार्यालयलाई कोरोना भाइरस(कोभिड १९)सँग जुध्नको लागि आवश्यक सामग्रीहरु सहयोग गरेको छ ।

बैंकले धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई शरीरको तापक्रम नाप्ने एउटा इन्फ्रारेट थर्ममिटर(थर्मल गन) सहयोग गरेको हो । बैंकका शाखा प्रबन्धक आकाश राईले जिल्ला ट्राफिक प्रहरी प्रमुख अञ्जनी कोइरालालाई बुधबार ट्राफिक कार्यालय पुगेर हस्तान्तरण गरेका थिए । प्रबन्धक राईले कोरोना महामारीको बीचमा पनि फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरीसहित तीन वडाका स्वास्थ्यकर्मीलाई सहयोग गरिएको बताए ।

laxmi-bank1

 

जिल्ला ट्राफिक प्रहरी प्रमुख कोइरालाले थर्मल गन अभावले सुरक्षाकर्मीहरु जोखिममा रहेको भन्दै अब केही सहज हुने बताए । यस्तै, बुधबार नै प्रबन्धक राईले धरानको वडा नं १३, १४ र १६ मा पिपिई सेट पनि हस्तान्तरण गरेका थिए । वडा नं १६ र १४ लाई २ सेट पिपिई वडा कार्यालयमा नै पुगेर हस्तान्तरण गरेका थिए भने वडा नं १३ लाई एक थान पिपिई हस्तान्तरण गरेका थिए ।

laxmi-bankko