धरान: नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २४५ पुगेको छ ।

आज बिहीबार बिहानै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ बर्षीया बालिका रहेको सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । ती सबैको स्वास्थ्य सामान्य छ ।