धरान: धरानको वडा नं ४ स्थित देवीगाउँबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् ।

प्रहरीले स्थानीय २० बर्षीय सुर्य राईलाई अबैध हातहतियारसहित हिजो पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा साँझ ६ बजे प्रहरी टोलीले राईको घरको कोठामा खानतलासी गर्दा लुकाई राखेको हातहतियार फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनको कोठाबाट भरुवा बन्दुक नाल १, घरेलु नालसहितको कटुवा बन्दुक जस्तै देखिने नाल १, बन्दुक जस्तै आकारको काठको डमी राईफल २ थान फेला परेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । फेला परेको हतियार र काठको डमीसहित राईलाई जिल्ला अदालत सुनसरीबाट हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।