काठमाडौँ: कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा झन् कडाई गर्ने संकेत देखाएको छ ।

गृहमन्त्रालयले लकडाउनमा पनि जिल्ला भित्र सञ्चालन गर्न दिइएको सवारी पास पनि खारेज गरेको जनाएको छ । यो निर्णय जेठ ३ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला भित्र र बाहिर आवागमन गर्न दिइएका सबै सवारी पास खारेज गरिएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिनेछ । पत्रकारहलाई भने सूचना विभागबाट जारी गरिएको पास भए आवागमन गर्न दिइनेछ । मन्त्रालयले यसअघि जिल्लाबाहिर जान जारी गरिएको पास खारेज गरिसकेको थियो ।