धरान: नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुरमा एक जना र बाँकेमा ८ जना संक्रमित पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितहरुको संख्या २५८ पुगेको पनि सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार मकवानपुरमा ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, बाँकेको नैनापुर १, ३ र ५ मा ८ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिएका छन् । राष्ट्रिजन जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो
।