धरान: विपन्न परिवारलाई धरानको वडा नं १६ ले तेस्रो चरणको राहत वितरण शुरु गरेको छ ।

तेस्रो चरणमा १ हजार ८ सय ६५ परिवारलाई राहत वितरण गर्ने वडा कार्यालयले जनाएको छ । शुक्रबार वडाकार्यालयमा टोल विकास समिति(टिएलओ)का प्रतिनिधिहरुको सहयोगमा राहत वितरण गरेको हो । कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण लकडाउनका कारण हातमुख जोर्न समेत समस्यामा परेकालाई धरान उपमहानगरपालिकाले करिव २० हजार परिवारलाई तेस्रो चरणको राहत वितरण गरिरहेको छ ।

वडा १६ लाई उपमहानगरपालिकाको फुड वैकबाट १ हजार ६ सय ९४ परिवारको लागि राहत प्राप्त भएको हो भने बाँकी वडा कार्यालयले नै व्यवस्था गरेको हो । शुरुमा ९० घर परिवारलाई वडाको आफैले स्रोत संकलन गरी वितरण गरेको थियो । फुड बैंकमार्फत पहिलो चरणमा १ हजार १ सय ६५ परिवार र दोस्रो चरणमा १ हजार ७ सय ९४ परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष दिलकुमा गिरीले बताए ।

सामजिक दुरी कायम गर्नुका साथै माक्स र सेनिटाईजर प्रयोग गरी राहत वितरण गरिएको थियो । भिडभाड नियन्त्रण गर्न वडा भित्र रहेका ७६ टोल विकास संस्थाहरु मध्ये पहिलो दिन १८ टोल, दोस्रो दिन २२ टोल र तेस्रो दिन ३६ टोल विकास संस्था अन्तरगतको १ हजार ८ सय ५६ परिवार वितरण वितरण गर्ने योजना रहेको छ ।